काठमाडौं,मंसिर १८ – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा निस्केका छन् । बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन् । झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशपछि महानिरीक्षक हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।