काठमाडौं,चैत ११- चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर प्रभावित हुने भएकाे छ। विदेशमन्त्री वाङ बेलुका साढे पाँच बजे भारतबाट काठमाण्डौ आउने तालिका रहेको छ । उहाँको विमान अवतरण हुने बेलामा अरु उडान र अवतरण केहीबेर प्रभावित हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । आधा घण्टा उडान प्रभावित हुन सक्ने र त्यसको लागि आन्तरिक उडानहरुको तालिका मिलेको र अन्तर्राष्ट्रिय उडानमा पनि खासै समस्या नहुने उहाँको भनाइ छ । तीन दिने भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदैहुनुहुन्छ ।