काठमाडौं,बैशाख ३ – राप्रपा अध्यक्ष कमल थापाले शनिबार बिहानै राजा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाप्रति असन्तुष्टि जनाउदै तीन ट्वीट गरेका छन् । उनले एक ट्वीटबाट नेपालमा राजा फर्कन संभावना नरहेको बताएका छन् । र, अर्काेमा भनेका छन्, ‘राप्रपा आफ्नो बाटोमा आउनको विकल्प छैन।’
उनले विभिन्न कारणवस आफूले राजाको एजेण्डा छोडेको उल्लेख गरेका छन् । राप्रपामा रहँदाका पूर्वसहकर्मी नेताहरुमा वैमनस्यता र गुनासो नरहेको उनको भनाइ छ ।