काठमाडौं, बैशाख ६- मानिसको अनुहार तथा मुखको संरचना सबैको फरक-फरक हुन्छ । आँखा, नाक, कान तथा मुख सबैका फरक-फरक हुन्छन् । कसैको मुखको आकार ठूलो हुन्छ त कसैको सानो । तपाईंले पनि कतिपय ठूलो मुखधारी मानिसहरू देख्नुभएको छ होला जसले ठूलै चिज पनि एकैपटकमा क्वाप्लाक्क खाइदिन सक्दछन् । सायद तपाईंले यस्तो मान्छे देख्नुभएको छैन होला जसको मुख यति ठूलो हुन्छ कि उसले पूरै बर्गर एकैपटकमा मुखभित्र हालिदिन सक्दछ । सिंगै बर्गर एकैपटकमा मुखभित्र हालिदिन सक्ने समान्था रेम्सडेल संसारकै सबैभन्दा ठूलो मुख भएकी महिला हुन् । अमेरिकाको कनेक्टिकटस्थित स्टेमफोर्डकी बासिन्दा समान्था ३२ वर्षकी भइन् । संसारकै ठूलो मुखधारी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी समान्थाले आफ्नो मुख ६.५२ सेन्टिमिटर सम्म खोल्न सक्छिन् । अनलाइनखबरबाट