काठमाडौं,बैशाख १२ – नेकपा एमाले बाट काठमाडौंको मेयर उमेदवारमा केशप स्थापितले मनोनयन दर्ता गरेका छन् । मेयर उमेदवार दिएका स्थापितले शिखर हट न्युज संग कुरा गर्दै ;’ आफू तेस्रो पटक काठमाडौं महानगरको मेयर बन्न लागेको बताए ।उनले भने” यो पक्का हो ,छाप लगाउन मात्र बाकी छ हैन भने म मेयर बनिसकेको घोषणा गर्दा फरक नपर्ने उनको भनाइ थियो । काङ्ग्रेस, माओवादी लगायतका गठबन्धनहरु बारे के छ, ‘तपाइको धारणा भन्दा पत्रकारहरुको प्रश्नको उत्तर दिदै , काङ्ग्रेसको ४५ हजार माओवादीको ७ हजार एकीकृत समाजवादीले ५ हजार भोट ल्याउलान् जम्मा गर्दा त्यहीँ ५७ हजार होला मैले पहिलो पटक काठमाडौ महानगरको मेयर बन्दा ८५ हजार भोट ल्याएर जितेको हो यो पल्ट गठबन्धनले ६० हजार भोट ल्यायो भने म १ लाख २० हजार ल्याउछु , ” उनले भने