• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Monday, January 30, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज आज अवतरण हुँदै

in Banner News, पर्यटन, मुख्य समाचार
Reading Time: 1 min read
0
0
SHARES
2
VIEWS

सेयर गर्नुहोस्

1 shares
  • Share1
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,बैशाख १५- मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो। उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब ४५ मिनेटको उडानपश्चात् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। जुन नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भर्न लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। प्राधिकरणका अनुसार आजदेखि नै तराई क्षेत्रका आन्तरिक विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदैछन्। गौतमबुद्ध विमानस्थलमा पनि आजदेखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ। महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए। नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गर्न लागिएको हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत रूपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ। जजिरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ। अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन्।रासस

Related Posts

Banner News

साेमबार राष्ट्रपतिकाे निर्वाचन मिति सार्वजनिक गर्दै

Banner News

प्रधानमन्त्री प्रचण्डसँग मेयर बालेनको भेटवार्ता

Banner News

आज नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने

Banner News

नागरिकता लिन रवि लामिछाने पुगे काठमाडौं जिल्ला प्रशासन

Banner News

नागरिकता प्राप्तिका लागि पुनः जिल्ला प्रशासन पुगे लामिछाने

Banner News

राष्ट्रिय स्वतन्त्र पार्टीले आज ३ बजे पत्रकार सम्मेलनको गर्ने

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज