काठमाडौं,बैशाख २५ – कलाकार नीर शाहले नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहबारेमा लामो चिन्ता र व्याख्या गरिरहन नपर्ने बताएका छन् । काठमाडौंमा बुद्धिजीवीहरुको भेलामा शाहले काठमाडौंमा यसपटक राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा हुन लागेको बताए ।
उनले भने,”पार्टीमा लाग्दा सिर्जना सिंहलाई नजरबन्द गरिएको थियो । उहाँको प्रतिस्पर्धामा उत्रिएका केशव स्थापितलाई राजाले नै मेयर बनाए । काठमाडौंमा यसपटक राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा हुँदैछ । अब यहीँबाट को उम्मेदवार राम्रो भन्ने प्रष्ट हुन्छ ।
राजासँग सम्बन्ध सुधार्नका लागि बा बादीहरूले स्थापितलाई पठाईएको उनको भनाइ छ । ‘यो इतिहास खोजिनु जरुरी छ” शाहले भने। काठमाडौंमा जित लोकतन्त्रको हुने बताउँदै लोकतन्त्रवादीले नहार्ने समेत शाहको दाबी छ ।