काठमाडौं,भदौ २- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट समानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ । निर्वाचन आयोगमा मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य सुरु गरेको हो । केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले सुरुमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरिने जानकारी दिए।