काठमाडौं,भदौ १९- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी विषयमा परीक्षा हुने छ । सोही दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुने उल्लेख छ । दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने पनि बोर्डले जनाएको छ । त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा दिने नम्बरमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु पर्नेछ ।