काठमाडौं,मंसिर १५ – काठमाडौंमा आज यस वर्षकै चिसो दिन बनेको छ । काठमाडौंको बिहानको न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो । देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो । मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम शुरु भइसकेकाले चिसो बढेको हो ।