काठमाडौं,पुस २९ – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले शुक्रबार मधेश भवनमा आयोजित एक समारोबीच शपथ लिएका हुन् । यादवले ३ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुले पनि आजै नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । शपथ लिनेहरुमा एमालेबाट सरोज यादव, जसपाबाट सञ्जय यादव र जनमतबाट वसन्त कुशवाहा छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादव तथा विना विभागीय मन्त्रीहरु सरोज यादव, सञ्जय यादव र वसन्त कुशवाहालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादव बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने उनले आज ३ जना मन्त्रीहरु नियुक्त गरेका छन् ।