काठमाडौं,माघ १० -सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। डडेलधुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। डडेलधुरा जिल्लाको सदरमुकाम आसपासका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। यस्तै, बैतडीको खोड्पे, बझाङको काँडा, बाजुराको बुढीनन्दा तथा गौमुल, दार्चुलाको अपिनाम्पा, डोटीको खप्तड क्षेत्रमा हिमपात भएको स्थानीयले जनाएका छन्।
बैतडीको सिगासका किसान दानसिंह बोहराका अनुसार सोमबार रातिदेखि मौसममा बदली आएसँगै मंगलबार बिहानदेखि हिमपात भएको हो। वर्षा र हिमपातका कारण पहाडी क्षेत्रमा चिसो बढेको छ। चिसोका कारण जनजीवन प्रभावित भएको छ।