काठमाडौं,माघ १२- हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए ।
आज जुम्लामा मौसम सफा छ । तर, धावन मार्गमा हिउँ जमेकाले आज पनि हाज अवतरण हुन नसकेको श्रेष्ठले बताए । आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।