काठमाडौं,माघ १६- नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बस्ने भएको हो । माओवादी केन्द्रले आज बस्ने पूर्वनिर्धारित स्थायी कमिटी बैठक भोलि (मंगलबार)का लागि सारेर पदाधिकारी बैठक बोलाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा संगठनात्मक विषयमा छलफल हुनुका साथै संगठनात्मक र कार्यविभाजन लगायतका अन्य समसामयिक विषयमा समेत छलफल हुने महराले बताए ।