काठमाडौं,फागुन २६- साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार छापावाल सुन तोेलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।