काठमाडौं,चैत्र २-नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।