काठमाडौं,चैत्र ४- यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले उकालो लागेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० रुपैयाँ थियो । यस्तै, सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ कायम छ ।