काठमाडौं,बैशाख ६- कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो ।
मंगलबार साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या संशोधन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि हिजैको बैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।