• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Thursday, June 1, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

विद्यार्थी नभएपछि विद्यालय समायोजन

in Banner News, शिक्षा
Reading Time: 1 min read
0
0
SHARES
1
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,बैशाख १३ – नवलपरासीको गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताए । “गाउँमा विद्यार्थी पाउनै छाड्यो यहाँ भौगोलिक अवस्थाका कारण विद्यालय सञ्चालन गर्न पनि कठिन छ”, उनले भने ।

यहाँ बालविकास सहजकर्ता धनमाया डिस्वा र कार्यालय सहयोगी बमबहादुर रिलामी मगर कार्यरत रहेका थिए । विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको नगरपालिकाले ठहर गरेको छ । विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरिएको नगर शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख मदनभक्त अधिकारीले बताए । ;नगरपालिकाको नगर कार्यपालिकाको बैठकले उक्त विद्यालयलाई अर्को विद्यालयमा समायोजन एवं व्यवस्थापन गर्ने निर्णय गरेको हो, नगर प्रमुख अधिकारीले भने ।

नगर शिक्षा समितिको गत चैत २३ गते बसेको बैठकको निर्णय र सिफारिसका आधारमा समायोजनको निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए । “विद्यालयलाई वीरेन्द्र आधारभूत विद्यालयमा समायोजन गर्ने, उक्त विद्यालयको भौतिक र अन्य सम्पत्ति वीरेन्द्र आधारभूत विद्यालयको प्रत्यक्ष नियन्त्रण र स्वामित्वमा रहने गरी व्यवस्थापन गरिएको छ”, उनले भने ।

त्यस्तै उक्त विद्यालयमा कार्यरत बालविकास सहजकर्ता डिस्वालाई वीरेन्द्र आधारभूत विद्यालयमा र कार्यालय सहयोगी मगरलाई गैँडाकोट–३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालयमा खटाइएको छ । बसाइँसराइका कारण गाउँमा बस्ती पातलिएपछि विद्यालयमा विद्यार्थी नभएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताए । “हाल विद्यालयमा विद्यार्थी नभएपछि कर्मचारीलाई अन्यत्र व्यवस्थापन गरिएको हो”, उनले भने, “पछि फेरि आवश्यकता भएमा पुनःसञ्चालन गर्नसक्ने गरी सम्बन्धन र भौतिक संरचना यथावत राखिने छ ।”

रासस

 

Related Posts

Banner News

रेशमको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुने

Banner News

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै

Banner News

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

Banner News

प्रधानमन्त्रीको भारत भ्रमण रद्द गर्न माग

Banner News

पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

Banner News

आज आगामी वर्षको बजेट सार्वजनिक हुने

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज