काठमाडौं,जेठ ३- कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औँपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान २७ औँपटक सगरमाथाको आरोहण गरेका हुन् । फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन् । यसअघि २६ औँपटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो ।