काठमाडौं,जेठ १०- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । यो खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ । दशरथ रंगशालामा नै हुने आजको दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र मछिन्द्रबीचको खेल बेलुका ६ बजे सुरु हुनेछ । यस्तै च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।